ताजा समाचार

जेठ १३ गते २०७६

आतंककारीका माग के हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई माग के हो र के चाहियो भनि प्रश्न गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’

संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब विप्लवलाई के चाहियो भनि प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानवअधिकारका लागि खतरनाक पक्ष भएको बताए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले दावी गरेका छन् ।