ताजा समाचार

जेठ १३ गते २०७६

अन्तर विद्यालय सेभेन ए साईड फुटबलको उपाधि नेपाल आदर्शलाई

सेभेन ए साईड अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि नेपाल आदर्श आवासिय विद्यालयले जितेको छ ।

लेखनाथस्थित भण्डारढीक रंगशालामा भएको फाईनलमा नेपाल आदर्श आवासिय विद्यालयले त्रिभुवन शान्ति नमूना माविलाई १–० गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

आदर्श युवा क्लबको आयोजना तथा मर्सीकोर जेनेरेशन एमर्जिङको सहयोगमा सञ्चालित प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको थियो । विजेता नेपाल आदर्श आवासिय विद्यालयले नगद २० हजार सहित ट्रफी प्राप्त गर्यो ।

उपविजेता बनेको त्रिभुवन शान्ति नमूना माविले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ । अनुशासित टोलीको पुरस्कार भने होली माउण्ट इग्लिंस स्कुल घोषित भयो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीको पुरस्कार भने नेपाल आदर्शका प्रभात गुरुङ घोषित हुदैै नगद २ हजार प्राप्त गरे । उनीहरुलाई युवा संघ नेपालका उपाध्यक्ष माधव बास्तोलाले पुरस्कार प्रदान गरेका थिए ।

लेखनाथको फुटबल विकासको लागि मर्सिकोरले आदर्श युवा क्लबसँग सम्झौता गर्दै विभिन्न गतिविधि गर्दै आएको छ । युवा नेतृत्व विकासदेखि फुटबल प्रशिक्षणसम्मको गतिविधिलाई प्राथमिकता दिदैं आएको छ । फुटबलको लागि आवश्यक भौतिक पुर्वाधार क्षेत्रमा समेत संस्थाले आर्थिक सहयोग गर्दै आएको क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले बताए ।