ताजा समाचार

जेठ १२ गते २०७६

खबरदार : कुलमानलाइ तर्साउनेहरु हो ।

आज म नयाँ कुरा जानकारी दिनेछु । कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तारको भएको ’ समाचार बाहिर आएको छ, यो कुरा बिल्कुल झुट हो । अमनलालको निर्बाचन क्षेत्रमा देखिएको बिद्युत बिस्तारको काम मुख्य कारण होइन । कुलमान घिसिङलाई बिद्युत प्राधिकरणबाट हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरु यो सरकार गठनको शुरुकै दिनदेखि नै क्म्मर कसेर लागेका थिए र छन् । जनार्दन शर्मा, भीम रावल बाहेक सबैजसोले कुलमानलाई हटाउन पार्टी नेतृत्वलाई भरपुर दबाब दिइरहेका छन् । तपाईलाई लाग्ला, के यो कुरा साँचो हो ? अब हेर्नुस कारण – ।

१, अमनलाल मोदीलाई पार्टी नेतृत्वले प्रयोग गर्ने हिसाबले उनलाई सांसद बनाइएको हो । यिनी कुनै राजनीति पृष्ठभुमिका नेता होइनन् । यस्तै माफियाकरण गर्न शिर्ष नेताले प्रयोगमा ल्याउन उनलाई सांसद बनाइएको थियो ।

२, सार्बजनिक लेखासमितिको मंगलबारको बैठकमा कुलमानलाई सातो लिने सत्तारुढ नेकपा र सरकारको पुर्ब तयारी थियो । सत्तारुढ बाहेकका सांसदले कुलमानको बचाउ गरेका थिए । नेकपाको शिर्ष नेतृत्वको जुन तयारीलाई अमनलालले ओकेलेका मात्र हुन् ।

३, तपाईहरु धेरैलाई थाहा नहुन सक्छ, कुलमान कुनै बेला माओबादी निकट थिए । तर, मंगलबारको सार्बजनिक लेखा समितिको बैठकमा कांग्रेसका सांसदहरु कुलमानको पक्षमा थिए । सबै कम्युनिष्ट सांसदहरु अमनलालको पक्षमा बोलेका थिए ।

४, माओबादीले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन कुलमानलाई अघिल्लो पटक प्रयास गर्ने पहिलो ब्यक्ति जनार्दन शर्मा हुन् । किनकी बिद्यार्थीकालमा जनार्दन र कुलमान एउटै मोर्चामा राजनीति गर्थे ।

पछिल्लो पटक कुलमानको पक्षमा चौपट बढेको जनउभारलाई मध्यनजर राखेर सरकारले कुलमानलाई हटाउन नसकेको मात्र हो ।

५, कुलमानले माफियाको साथ नदिएर लोडसेडिङ हटाएपछि जनार्दन शर्मा संग तत्कालिन उर्जामन्त्री हुँदा सबैभन्दा बढि तत्कालिन एमालेका र केहि माओबादीकै नेताहरु रुष्ट भएका थिए । त्यतिबेला जनार्दन शर्मालाई लोडसेडिङ नहटाउन पार्टी भित्रबाट ठुलो दबाब आएको थियो । यी सहकर्मीद्धय कुलमान र जनार्दनको जोडबलले मात्र लोडसेडिङ हटेको थियो ।

५, त्यतिबेला जनार्दन शर्माले माफियाहरुको निर्देशन अनुसार शिर्ष नेताहरुको दबाब मानेको भए संभवत आज लोडसेडिङ कायम रहन्थ्यो । भारतबाट बिजुली आयात वा अन्य कारण यसमा गौण थिए । यसको प्रमाण खोज्न तपाईहरुलाई मेलम्चीकै उदाहरण दिन्छु । मेलम्ची खानेपानी आयोजना गत बर्षको असोजमा सम्पन्न हुनेवाला थियो । त्यहि अनुसार, आयोजनाले २०७४ सालको असोजमा पानी बितरण गर्ने प्रचार गरिसकेको थियो । तर, जब विना राना मगर खानेपानी मन्त्री भइन्, तब माफियाहरुले यी विना मगरलाई प्रयोग गरेर काठमाडौंमा आउने पानी रोकिदिए । जनार्दन शर्मा विना मगर जस्तै भइदिएको भए अहिलेसम्म लोडसेडिङ कायमै हुन्थ्यो । त्यसैले, भारतबाट आयातीत बिजुलीको कारण लोडसेडिङ हटेको भन्नु मिथ्या हो ।

६, अहिले बिद्युतका माफियादेखि एनसेलसम्म, ठेकेदारका दलालदेखि बढुवा सरुवाका बिचौलियासम्म, भुमाफियादेखि मेडिकल शिक्षाका माफियाका ब्यक्तिले सत्तारुढ दलका शिर्ष नेतृत्वलाई आफ्नो मुठीमा लिइसकेका छन् । अमनलाल मोदी यिनै मध्येका एक पात्र हुन् । जुन पात्रलाई अहिले स्वंय सत्तारुढ दलका नेताहरुले प्रयोग गरिरहेका छन् ।

७, कुनै दिन कुलमान घिसिङलाई सरकारले डा. गोबिन्द केसीलाई जस्तै शिकार बनाउने र अनेक आरोप करार गरिदिने निश्चित छ । खासगरि, पछिल्लो पटक कुलमानको पक्षमा चौपट बढेको जनउभारलाई मध्यनजर राखेर सरकारले कुलमानलाई हटाउन नसकेको मात्र हो ।

८, गोबिन्द केसीको भन्दा अत्यधिक जनसमर्थन कुलमानको पक्षमा भएकोले सत्तारुढ दलका शिर्ष नेताहरु सोझै आफ्नो मुखबाट कुलमानको बिरोध नगरेका मात्र हुन् ।

९, कुलमानको बिरुद्ध प्रयोग गर्न जनार्दन शर्मालाई सत्तारुढ नेकपाले निकै प्रयत्न गर्यो । जनार्दन शर्माले यो कुरा नमानेपछि उनलाई दिन लागिएको गृहमन्त्रीको पद नदिने निर्णयमा नेकपा पुगेको छ । पछिल्लो पटक जनार्दनलाई गृहमन्त्री हुनबाट रोक्न रामबहादुर थापाले गुट परिवर्तन गरेर केपी ओली समुहमा मिसिन पुगिसकेका छन् ।

१०, अमनलाल मोदीले कुलमानसंग क्षतिपुर्तिका नाममा घुस माग्नुको कारण अर्के थियो । अमनलालले सत्तारुढ दलका नेताकै अनुरोधमा क्षतिपुर्तिका नाममा पैसा मागेका थिए । कुलमानले पैसा दिए दिन्छ , नदिए यहि बहानामा पदबाट हटाउन पाइन्छ भन्ने पुर्ब गुरुयोजना सत्तारुढ नेकपा नेतृत्वले गरेको थियो । यसैले, सत्ताधारी दलबाट अब पहिलो शिकार कुलमान हुनेमा कुनै शंका छैन । अत : सबै एकजुट भएर गत बर्ष झैं फेरि एक पटक सम्पुर्ण जनताले नेपालको पहिलो उज्यालोदाता कुलमान घिसिङलाई साथ दिन आबस्यक छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।