ताजा समाचार

जेठ १२ गते २०७६

बिराट कोहलीले भनेः बिहेपछि झन् परिपक्व कप्तान !

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले अनुष्का शर्मासँगको बिहेपछि आफू थप जिम्मेबार भएको बताएका छन् ।

यसले आफूलाई थप परिपक्व कप्तान बनाउनका लागि सहयोग गरेको कोहलीको भनाइ छ । उनले आफ्नो कप्तानीमा सुधार आएको महशुस पनि गरेको बताएका छन् । विश्व कप क्रिकेटमा भाग लिने सबै १० टिमका कप्तानसँग गरिएको प्रेस कन्फ्रेन्सका क्रममा कोहलीले यस्तो बताएका हुन् । 

यदि तपार्ई अरु टिमका कोही खेलाडी टिममा सहभागी गराउन पाए कसलाई गराउनुहुन्छ ? भन्ने प्रश्नमा कोहलीले मौका पाए दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसलाई आफ्नो टिममा सामले गराउने बताए । उनले भने-‘कसैलाई छनौट गर्ने कुरा धेरै कठिन हो । हाम्रौ टिम पूरा बलियो छ भन्नेमा मलाई विश्वास छ । तैपनि छान्ने अवसर पाउँदा म फाप डु प्लेसिसलाई रोज्नेछु ।’