ताजा समाचार

जेठ ११ गते २०७६

तलब भीख होइन, बौद्धिक पारिश्रमिक हो

आर्थिक दृष्टिले सम्मानित नभएसम्म निजामति सेवा ल्वादे नै रहिरहने छ: निजामति सेवाको तलब भीख हैन पारिश्रमिक हो। बौद्धिक पारिश्रमिक हो, यो परिश्रमको मूल्य शारिरीकसंग तुलना हुन सक्दैन । निजामति सेवा बौद्धिक परिश्रम बेच्ने पेशा हो, स्वयंसेवा हैन । निजामति सेवामा दिईने तलब निर्वाहका लागि हैन, परिश्रमबापत हो ।

निजामति सेवा सरकार र कर्मचारी बीचको करार हो, करार भनेपछि दुबै पक्ष समान हैसियतको हुन्। जुन मुलुकमा बौद्धिक काम गर्ने पेशालाई दिईने तलब भीख जस्तो ठानिन्छ र सरकार पनि यस्तै सोचमा चल्छ र कर्मचारी पनि त्यही सोचमा रहन्छन् त्यो मुलुकमा जहिले पनि प्रशासनमा सक्षम बौद्धिक प्रतिभावान कर्मचारीहरूको कमि रहन्छ ।

अनियमितता र भ्रष्टाचार नियमित हुन थाल्छन् । प्रशासनमा यसरी कमजोरहरू आकर्षित र बाहुल्यता हुनपुग्दा कमजोर साहसबिहीन गलीत कर्मचारीहरुका कारण जनताले दु:ख पाईरहन्छन् । जनताका हितमा अधिकारको प्रभावकारी प्रयोग गर्न साहस बुद्धी क्षमता योग्यताको अधिकतम प्रयोग गर्ने अधिकारीहरूले परिश्रमको मुल्यॉकन भएको महसुस गर्नुपर्छ र नेपालमैं वसेर पनि सरकारी सेवामा अर्थपूर्ण वृत्तिविकास हुन्छ भन्ने बातावरण बनेकै हुनुपर्छ ।

कर्मचारीको तलब जिवन निर्वाहका लागि हो, भीख हो भन्ने समाजमा प्रतिभाहरू पलायन हुनु स्वाभाविक छ । यो प्रवृत्ति बढ्दै गएर मुलुक झन् झन् कबाडीहरूको शासन हुन पुग्नेछ ।