ताजा समाचार

जेठ ११ गते २०७६

पशुपतिनाथको जग्गामा चर्च

हिन्दुका आराध्यदेव पशुपतिनाथको जग्गामा चर्च भन्दा पत्याउन गाह्रो होला । तर सत्य यही हो । काठमाडौं महानगरपालिका ७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।

करिब २ रोपनी १ पैसा २ दाम जमिन चर्चले प्रयोग गरेको छ । एक धर्मको क्षेत्रको जमिनमा अर्को धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत हुन्छ। कोषका सदस्यसचिव प्रदीप ढकाल मोहीले जग्गा किनबेच गर्दागर्दै चर्चको स्वामित्वमा पुगेको बताउँछन्।