त्रिभुवन पौडेललाई थमन महेश पत्रकारिता पुरस्कार


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने हुने भएका छन् । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले पुरस्कार स्थापना गरेको थियो ।

प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको यो पुरस्कार अबबाट प्रेस संठठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको छ । पुरस्कारको राशि नगद  २५ हजार, ताम्रपत्र तथा दोसल्ला छ । यही जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा हुने कार्यक्रममा पौडेललाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारका लागि प्रतिभा छनोट गर्न प्रेस संगठन कास्कीले गठन गरेको छनोट समितिले गरेको सिफारिसलाई शुक्रबार बसेको संगठनको बैठकले अनुमोदन गरेको हो ।

पत्रकार कोलमनाथ बरालको संयोजकत्वमा रहेको छनोट समितिमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, गोमा घिमिरे तथा प्रेस संगठनका नेताहङ माधव बराल र सन्देश श्रेष्ठ सदस्य थिए । १ दशकदेखि जनपक्षीय तथा जनजीविकाको सवालमा कलम चलाउने सञ्चारकर्मीलाई वर्षेनि सो पुरस्कारबाट सम्मान गर्ने गरिएको छ ।

२०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा सुरु पौडेल २०५९ सालदेखि पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन् । उनले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन र युगप्रवाह साप्ताहिकमा पनि काम गरेका थिए ।

क्रान्तिकारी पत्रकार संघ कास्कीका संस्थापक उपाध्यक्ष पौडेल जनयुद्ध कालदेखि नै जनपक्षीय पत्रकारिता क्रियाशील छन् । पत्रकार महासंघ कास्की शाखाको २ कार्यकाल सचिव निर्वाचित पौडेल हाल पत्रकार महासंघ गण्डकी अध्यक्ष हुन् । उनले अर्थ मन्त्रालयको सञ्चार तथा सूचना विज्ञको रुपमा समेत केही समय काम गरे ।  यो पुरस्कारबाट यसअघि कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भइसकेका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं