ताजा समाचार

जेठ १० गते २०७६

प्रधानमन्त्री कप आजबाट

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

तेस्रो संस्करणको प्रतियोगिताकोे उद्घाटन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुन लागेको हो ।

प्रतियोगितामा सात प्रदेशसहित विभागीय टोलीले सहभागिता जनाउनेछन् । प्रधानमन्त्री कपको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ ।

उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउनेछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।