हत्याको बदला लिने विप्लवको चेतावनी, १३ गते नेपाल बन्द


नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा सरकारले हत्या गरेको बताएको छ । महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै सरकारले भिडन्तको झुठो नाटक रचेर कार्यक्रममा हिडिरहेका घिमिरेको निर्ममरुपमा हत्या गरेर आफनो फासीवादी अनुसार नाङगाएको बताएको छ ।

विज्ञप्तिमा भनिएको “हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ। उसले गरेको जघन्‍य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।”

सरकारलाई जनमुक्ति अभियानलाई रोक्ने दुस्साहस नगर्न समेत चेतावनी दिईएको छ । विप्लवले घिमिरेको हत्या प्रकरणको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् । साथै पार्टी घिमिरेको हत्यालाई लिएर बिरोधको कार्यक्रमहरु समेत घोषणा गरेको छ । जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्‍यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं