ताजा समाचार

जेठ ९ गते २०७६

आजबाट विद्यालयस्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता पोखरामा शुरु

लेखनाथको भण्डारढीकस्थित रंगशालमा सेभेन ए साईड अन्तर विद्यालयस्तरीय जि.ए कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

आर्दश क्लबको आयोजना तथा मर्सिकोर जेनेरेशन एमर्जिङको सहयोगमा सञ्चालित प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उदघाटन खेलमा सिर्जना बहिरा स्कुलले स्माईल हेभन एकेडेमीलाई २–० गोलले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा ज्ञानज्योति विद्याकुन्जलले हाईवे गार्डेनलाई ७–० फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

अर्को खेलमा नेपाल आदर्श आवासियले न्युलाईट बोर्डिङ स्कुललाई भने टाइब्रेकरमा २–१ गोलले पराजित गरेको थियो । अन्तिम खेलमा त्रिभुवन शान्ति नमूना माविले सिद्धीविनायक बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको थियो ।

प्रतियोगिताको उदघाटन कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कील गरेका थिए । विजेता विद्यालयलाई नगद २० हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने विद्यालयले नगद १५ हजार प्राप्त गर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २ हजार पुरस्कार पाउने प्रतियोगिता एवं मर्सिकोर जेनेरेशन एमर्जिङ कास्कीका कार्यक्रम संयोजक सुदिप न्यौपानले बताए । अध्यक्षता भने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले गरेका थिए ।

kheladi news