ताजा समाचार

जेठ ९ गते २०७६

घिमिरेको हत्या गरिएको विप्लवको ठहर,यस्ता छन् घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई गिरफ्तार गरी हत्या गरेको बदला जनताले लिने चेतावनी दिएको छ ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले हत्या गरेर जनशक्ति रोक्न खोजेको भन्दै घिमिरेकलाई सरकारले गिरफ्तार गरि हत्या गरिएको आरोप आरोप लगाएको हो ।

विज्ञप्तीद्धारा प्रतिबन्ध, धरपकड र हत्या हिंसाका विरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ। कार्यक्रमअन्तरगत जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने, १२ गते देशव्यापी मसाल जुलुस गर्ने र १३ गते नेपाल बन्द गर्ने जनाईएको छ।

पाचथर षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो।