ताजा समाचार

जेठ ८ गते २०७६

एभरेष्ट म्याराथन जेठ १५ गते हुने

तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ जेठ दोस्रो सातामा आयोजना हुने भएको छ ।

हिमालय एक्सपिडिसन्सको आयोजनामा जेठ १५ गते १७ औँ चरणको म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजारसम्म हुने भएको हो ।

प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा ४२.१९५ किमीको म्याराथन, ६० किमीको अल्ट्रा म्याराथन र २१ किमीको हाफ म्याराथनमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक विक्रम पाँडेकाजीले जानकारी दिए ।

फुल म्याराथनको पुरुषतर्फका विजेताहरुले क्रमश: दुई लाख, एक लाख र ७५ हजार प्राप्त गर्नेछन् भने महिला प्रतिस्पर्धाका विजेताहरुले एक लाख, ७५ हजार र ५० हजार पाउनेछन् । विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने विजेता खेलाडीलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्रदान गरिनेछ ।

अल्ट्रा दौडका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले रु ५० हजार पाउनेछन् । हाफ म्याराथनतर्फका विजेताले भने विजेताले ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालसहित विश्वका ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।