ताजा समाचार

जेठ ६ गते २०७६

हेमजा र लामाचौरमा खेल मैदान बनाउन बजेट विनियोजनको तयारी

महिला साग फुटबल प्रतियोगिताको लागि पोखराको दुईवटा फुटबल मैदानलाई युवा तथा खेलकुद मन्त्रालयले प्रशिक्षणस्थल बनाउने तयारी गरेको छ ।

लामाचौर फुटबल मैदान र हेमजाको गौरीशकंर फुटबल मैदानको स्तरोन्नित गर्ने काम भईरहेको छ । मन्त्रालयले ती दुवै मैदानको लागि एक÷एक करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री जगत विकले आश्वासन दिएका छन् ।

उनले शनिबारै दुवै मैदानको स्थलगत अध्ययनपछि सागको लागि प्रशिक्षणस्थल बनाउनुपर्ने सुझाउँदै बजेट विनियोजन गर्ने स्पष्ट पारे । ‘सागको लागि लामाचौर र हेमजाको खेल मैदानलाई यही आर्थिक भित्रमा एक÷एक करोड विनियोजन गर्ने छौं ।’ मन्त्री विकले लामाचौर खेल मैदानको स्थलगत अवलोकनपछि भने–‘यो आर्थिक वर्ष रकामान्तर भएर आउँछ, नभए अर्को वर्षको भदौभित्रमा रकम विनियोजित हुन्छ ।’ लेखनाथस्थित भण्डारढीक खेल मैदानको स्तारोन्नति गर्ने तर्फ भने मन्त्री विकले चासो भने खासै राखेनन् ।

नेपालमा १३ औं साग यसै वर्षको मंसिर तेस्रो साता आयोजना हुदै छ ।पोखरामा सागको महिला फुटबल प्रतियोगिता गर्ने तयारी छ । त्यही अनुरुप पोखरा रंगशालाको फुटबल मैदान पुर्ननिर्माण कार्य भईरहेको छ । पोखरा रंगशालाको फुटबल मैदानसहित प्रशिक्षणको लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा९सुनार०ले लामाचौर खेलमैदान र हेमजाको गौरीशंकर खेल मैदानको स्तरोन्नति गर्न निर्देशन गरेका हुन् ।

यही आर्थिक वर्षको लागि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत दुवै मैदानको लागि ५०÷५० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट हेमजाको गौरीशंकर खेलमैदानको लेभलिङसहित नाली निर्माण गरिएको छ । लेभलिङले मैदान फुटबलको मापदण्ड अनुसार तयार पारिएको छ ।

लामाचौर खेल मैदानको लागि छुट्टाईएको बजेटले प्यारापिट निर्माण गरिएको थियो । अब छुट्टाईने रकमबाट खेलाडी चेन्जिङ रुम, भिआईपी प्यारापिट निर्माण गरिने छ । ‘खेलाडीलाई चेन्जिङ रुम र ३५ मिटर लम्बाईको भिआईपी प्यारापिट बनाउने छौं ।’ लामाचौर खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्रीले भने–‘१५ स्टेपको बनाईने छ ।’ उनले मैदानलाई लेभलिङ गरी दुवो रोपेपछि यसै वर्षमा खेल्नमिल्ने गरी तयार हुने जानकारी दिए ।

२०७१ सालदेखि गोस्ते घाटलाई रुपान्तरण गर्दै समितिले खेल मैदानको रुपमा विकास गरेको हो । मैदान निर्माणको लागि गण्डकी प्रदेशका सार्वजनि लेखा समितिका सभापति एवं पुर्व मन्त्री कुमार खड्काको योगदान पनि महत्वपूर्ण रहेको छ । जिल्ला खेलुकद विकास समितिका तत्कालिन अध्यक्ष सुमन देवकोटा तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईरालाको पहलकदमीबाटै मैदान निर्माण कार्यले गति लिएको थियो ।

शुशिल कोइराला प्रधानमन्त्री हुदाँ प्रशासनिक सल्लाहकार रहेका बावुराम आचार्यले फुटबल मैदानको रुपमा विकास गर्ने ध्येय लिएपछि तत्कालिन नव आर्दश सामुदायिक विकास समाजले मैदान निर्माण गर्ने जिम्मेवारी लिएको थियो । खत्री सम्झन्छन–‘२०७० चैतमा फाईल पठाएपछि २०७१÷७२ को आर्थिक वर्षको लागि साउनमै रातो किताबमा चार लाख रुपैयाा पर्यो । त्यो रकमबाट सम्याउने काम शुरु गर्यौं ।’ पर्ती जग्गा संरक्षण गर्नुपर्ने खाँचो थियो । सुकुम्बासी बस्तीले खाली जग्गा हडप्ने प्रवृत्ति थियो ।

त्यसले पनि भोलिको लागि सार्वजनिक जग्गा जोगाउनुपर्ने आवश्यकतालाई नवआर्दश सामुदायिक विकास समाजले जिम्मेवारी भूमिका निर्वाह गर्दै फुटबल मैदान निर्माण शुरु गर्यो । पछि समाजले स्थानीय समिति (लामाचौर खेल मैदान निर्माण उपभोक्ता समिति) लाई सुम्पिएपछि अझ गति लिएको थियो । २६ रोपनीको क्षेत्रफलमा ११० मिटर लम्बाई र ७२ मिटर चौडाईको फुटबल मैदान बनाईएको छ । जल उत्पन्न प्रकोप मार्फत सेती नदी किनारमा तटबन्ध एवं तारजाली ग्याभिनको लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसबाहेक हालसम्म मैदान निर्माण गर्न २ करोड ४३ लाख खर्च भएको छ ।

हेमजा गौरीशंकर खेल मैदान स्तारोन्नतिकै कारण वर्षेनी आयोजना हुने शुभकामना नकाउट फुटबल प्रतियोगिता यो वर्ष स्थगित भएको छ । यसै आर्थिक वर्षमा सक्ने गरी ५० लाख रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकमबाट गौरीशंकर खेलकुद मैदान निर्माण समितिले मैदानको लेभलिङ र नाला निर्माणको कामलाई टुग्याउने चरणमा पुर्याएको छ । समितिका अध्यक्ष कृष्ण कुँवरले १०२ मिटर लम्बाई र ६४ मिटर चौडाईको मैदान तयार गरिएको बताए ।

खेलकुद मन्त्री विकले आगामी सागलाई लक्षित गर्दै पुर्वाधार विकासको लागि १ करोड रुपैयाँ विनियोजन गर्ने आश्वासन पाएको उनले सुनाए । ‘प्यारापिट, चेन्जिङ रुम लगायतका पुर्वाधार बनाउँछौं ।’ उनले भने–‘प्यारापिट दक्षिण पश्चिम तर्फ ११५ मिटर लामो प्यारापिट २० मिटर उचाईसम्मको बनाउने छौं ।’ पुर्व तर्फको जग्गा अभावकै कारण थोरै स्टेपको मात्रै प्यारापिट निर्माण गरिने समितिले जनाएको छ ।

kheladinews.com