ताजा समाचार

जेठ ५ गते २०७६

सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि रोनाल्डोलाई

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि हात पारेका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरे । च्याम्पियन्स लिगमा भने उपाधि लक्ष्य सफल हुन नसकेको युभेले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्यो ।

रोनाल्डोले यसै सिजन क्लब छाड्न लागेका युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीलाई धन्यवाद दिए ।उनले एलेग्रीसँग काम गर्न निकै राम्रो समय रहेको भन्दै एक सिजन मात्र काम गरेको भएपनि उनलाई राम्रोसँग चिन्न मौका मिलेको बताए । सिरी ए को अवार्डमध्य लिग च्याम्पियन युभेन्ट्सबाट रोनाल्डोले मात्र अवार्ड जितेका हुन् ।