ताजा समाचार

जेठ ३ गते २०७६

पूर्व मिस नेपाल अश्मिको प्रेम चर्चित भारतीय गायकसँग

पूर्व मिस नेपाल २०१६ अश्मी श्रेष्ठ यतिबेला एकाएक चर्चामा आएकीछिन् । प्राय कम बोल्ने अनि सार्वजनिक कार्यक्रमहरुमा पनि त्यती सहभागी नहुने अश्मी चर्चामा आउनुको कारण भने अरु केही होईन उनको प्रेमको कारण हो । उनको प्रेमी चर्चित भारतीय गायक भएको खुल्न आएको छ । अश्मीले केही दिन अघि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि युट्युवमा निकै चर्चित रहेका गायक सनम पुरीसंग उनको प्रेम सम्बन्ध खुल्न पुगेको हो ।

सनमले पनि अश्मीसंगका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । सनम पुरी तिनै गायक हुन जसको फ्यान फलोईङ नेपालमा पनि कम छैन । उनले केही समय अगाडी नेपालमा आएर पनि आफनो कन्सर्ट सफलतापुर्वक सम्पन्न गरिसकेका छन् । यता अश्मीले एकपछि अर्काे गर्दै सनमसंगका तस्बिरहरु सार्वजनिक गरिरहेकीछिन् ।

सुरुमा यी दुबैले साधारण तस्बिरहरु सेयर गरेका थिए । जसमा अधिकांशले उनीहरुबीच कतै प्रेम त छैन भन्ने शंका गरेका थिए तर सनमले अश्मीसंगको तस्बिर सेयर गर्दै आफु प्रेममा रहेको स्वीकार गरेका छन् । त्यसपछि यो जोडीलाई माया , शुभेच्छा र बधाईका शब्दहरु ओहिरएका छन् ।