ताजा समाचार

जेठ ३ गते २०७६

शुक्रबार “बीर विक्रम २” र “जात्रै जात्रा”को एकसाथ भिडन्त

शुक्रबारबाट देशैभर एकसाथ यस वर्षका निकै आश गरिएका दुई फिल्मको रिलिज भिडन्त भएको छ । शुक्रबार फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ प्रदर्शनमा आएका हुन्।

यी दुई फिल्मको भिडन्तले पनि केही समययता फिल्म क्षेत्र तातेको छ । दुवै फिल्मका पहिलो भाग सुपरहिट भएकाले पनि दोस्रो संस्करणमा कसले बाजी मार्ला भन्ने कौतुहलता सबैमा रहेको छ ।

एकसाथ प्रदर्शनमा आएका कारण दुबै फिल्मलाई व्यावसायिक सफलता हासिल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती रहेको देखिन्छ ।

बीर विक्रम २ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जात्रै जात्राु का निर्देशक प्रदीप भट्टराई हुन् । दर्शकले दुबै फिल्मको गीतसंगीत र ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

दुई फिल्ममा बर्षा राउत र वर्षा शिवाकोटीको अभिनय रहेकाले यी दुई अभिनेत्रीको टक्करको रुपमा पनि आजको रिलिजलाई लिइएको छ ।

जात्रै जात्रा मा वर्षाका अलावा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ ।यस्तै, बीर विक्रम २ मा वर्षासँगै पल शाह, नाजिर हुसेन, बुद्धि तामाङको प्रमुख भूमिका छ । दुबै फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएका छन् ।