ताजा समाचार

जेठ १ गते २०७६

श्रीमतीश्रमतिको भूमिकामा दीपिका र रणविर पर्दामा

रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने भएका छन् ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जितमा बन्न लागेको फिल्म ८३ मा दीपिका आफ्ना पति रणबीर सिंहको अपोजिटमा देखिने भएकी हुन् ।

फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएको फिल्मफेयरले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार, दीपिका फिल्मको निर्माता मध्येकी एक हुन् भने फिल्ममा उनको गेस्ट अपियरेन्स हुनेछ ।

यस अघि रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका सन् २०१३ मा रिलिज भएको फिल्म रामलीलाबाट प्रेममा परेका थिए ।गत वर्ष लगनगाँठो कसेका उनीहरु दुवैले सँगै अभिनय गरेका तीन फिल्मको भने गजब संयोग रहेको छ । तिनै फिल्ममा उनीहरुको मृत्यु भएको देखाइएको थियो ।