ताजा समाचार

वैशाख ३१ गते २०७६

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई सम्मान

सुभद्रा अधिकारी प्रतिष्ठानको सातौं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’सहित विभिन्न विधाका ४ स्रस्टाहरू सम्मानित हुने भएका छन् । नेपाली साहित्यको उन्नयनमा योगदान गरेकोमा लमजुङ स्थायी घर भई हाल पोखरामा रहेकी साहित्यकार सरुलाई सम्मान गर्न लागिएको हो ।

अभिनयतर्फ वसुन्धरा भुषाल, नृत्यमा हनी श्रेष्ठ र समाजसेवातर्फ कुञ्जना घिमिरे र सीताराम कट्टेल(धुर्मुस)लाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष सुनील अधिकारीले जानकारी दिए । उनीहरुलाई जेठ ४ गते प्रतिष्ठानको सातौं वार्षिकोत्सव तथा स्रस्टा सम्मान कार्यक्रममा सम्मान गर्ने आयोजकले जनाएको छ ।