ताजा समाचार

वैशाख ३० गते २०७६

पोखरा दुम्कीबास जोड्ने फास्ट ट्रयाग बनाउन सभ्याव्यता अध्ययन हुदैछ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशको समृद्धि बनाउने बताएका छन ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमबार आयोजना गरेको एजेण्डा समृद्धि सपना प्रादेशिक विकास वहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले पोखरा दुम्कीबास जोड्नु फास्ट ट्रयाग बनाउन सभ्याव्यता अध्ययन थालेको जानकारी दिएका हुन् ।

उनले पोखरालाई जोड्ने सडकहरुको स्तरोन्नत्ती गर्दै भौतिक पूर्वाधारको विकासमा ध्यान दिने बताए । साथै उनले प्रदेशको समृद्धिको लागि समानान्तार कालीगण्डकी कारिडोर बनाउने समेत बताए ।

उनले प्रदेश नम्बर ५ अन्तर्गत काली गण्डकी किनारै किनार गएको कालीगण्डकी कारीडोरको सट्टामा गण्डकी प्रदेशले शालीग्राम लोकमार्ग प्रस्ताव गरेको बताए । मुख्यमन्त्री गुरुङले मध्य पहाडी लोकमार्ग, मस्याङदी करिडोरको निर्माण कार्य सम्पन्न भए पछि प्रदेशको समृद्धिको लागि सहयोग पुग्ने धारणा राखे ।

मुख्यमन्त्री गुरुङले संविधानले दिएको अधिकार अन्तर्गत प्रदेशले श्रोत र साधनको अधिकत प्रयोग गर्न पाउनु पर्ने माग गरे ।