ताजा समाचार

वैशाख ३० गते २०७६

पोखरा दिउँसै अन्धकार, सतर्क रहनुहोला

पोखराको मौसम निकै डरलाग्दो अवस्थामा छ । पोखरा आसपास दिउसो करिब २ः३० बजेदेखि चट्यांक, मेघ गर्जनसहित भारी भएको छ ।

यो खबर तयार पार्दाको समयसम्म वर्षा निरन्तर छ । जसका कारण पोखरा दिउँसै अन्धकारमय बनेको छ ।

चट्यांक पर्ने सम्भावनाका कारण नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा बन्द गरेको छ ।
पोखरामा सोमबार बिहानै पानी पर्ने संकेत भए पनि बिहान करिब ८ बजेतिर घाम लागेर मौसम सफा भएको थियो । मध्यान्ह १२ बजेदेखि मौसम धमिलो भइ २ बजेदेखि वर्षा भएको हो ।

मौसमविदले मौसम जतिबेला जे पनि हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।
मौसमविद्ले गत शनिबार १ सूचना जारी गरी सोमबार साँझसम्म वर्षासंगै चट्यांक पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको थियो ।