ताजा समाचार

वैशाख ३० गते २०७६

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानले शिक्षित महिला उत्पादनमा ठुलो भुमिका खेल्ने छ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ मा अभियानकै रुपमा जारी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियाननले मुलुकमा शिक्षित महिला उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

जानकी नवमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान तथा सम्बोधन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले उक्त अभियानको खुलेर प्रशंसा गरेकी हुन् ।

मुलुकको समग्र विकासका लागि महिलाहरु शिक्षित हुन आवश्यक रहेको बताउँदै यो अभियानले महिलाहरुको अवस्थामा ठूलो परिवर्तन ल्याउने बताइन् ।

साथै उनले जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरूको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्वको रूपमा रहेको बताइन् । राष्ट्रपति भण्डारीले मिथिला सभ्यताको संरक्षण एवं सम्वर्धनका लागि सम्पूर्ण मिथिलावासीलाई आह्वान गरिन् ।

कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिए पनि प्रदेश सरकारले यसलाई प्रादेशिक पर्वको मान्यता दिइसकेको जानकारी दिए ।