ताजा समाचार

वैशाख ३० गते २०७६

टाइगर श्राफ अभिनित चलचित्र फ्लप संकेतमा

शुक्रबारदेखि रिलिज भएको नायक टाइगर श्राफ अभिनित चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’ फ्लपको संकेत देखाएको छ ।

३ दिने व्यापार कमजोर देखिएपछि फ्लप हुने अवस्थामा देखिएको हो । हुनत, टाइगर श्राफकै अघिल्लो चलचित्र ‘बाघी’ भन्दा यसको व्यापार केही बढी हो ।

तर, यो चलचित्रको वर्ड अफ माउथ कमजोर छ । यसैले, पनि यो चलचित्र लामो रेशको घोडा बन्नेमा शंका उत्पन्न भएको छ । चलचित्रले शुक्रबार १२/०६ करोडको व्यापार गरेको थियो ।

शनिबार व्यापारको उछाल केही देखियो र चलचित्रले १४/०२ करोडको व्यापार गर्यो । आइतबार बिदाको दिन भएपनि आइपीएलको फाइनलले यो चलचित्रको व्यापारलाई घाटा लाग्यो । चलचित्रले आइतबार १२/७५ करोडको कमाई गर्यो । चलचित्रले ३ दिनमा ३८/८३ करोडको व्यापार गरेको छ ।

यसैले पनि चलचित्रले आजबाट व्यापारिक रफ्तारलाई कायम राख्नुपर्ने हुन्छ । तर, चलचित्रलाई दर्शकले खासै नरुचाएकाले पनि यसको व्यापार सोमबारदेखि फितलो बन्ने अड्कल लगाइएको छ । चलचित्रमा टाइगर श्राफको साथमा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ ।