विधेयक नसच्याए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउँछौं : महासंघ

नेपाल पत्रकार महासंघले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानबारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरू नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन्।

यो विधेयक कानुनको रूपमा आए नेपालमा स्वतन्त्र पत्रकारिता नरहने भएकाले महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको छ । ‘आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रूपमा रहँदै आएको अन्तर्राष्ट्रिय समुदायलाई हामी गुर्हाछौँ। हामी अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउदैछौँु उनले भने । सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी उनले गरे।