यस्ता पनि देवर-भाउजु….

हाम्रो नेपाली समाजमा देवर–भाउजुको सम्बन्ध आमा छोरा जत्तिकै पवित्र मानिन्छ । तर धनुषा जिल्लामा यस्तो पवित्र सम्बन्धमा तुषारापात लागेको छ ।

धनुषामा आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । धनुषा प्रहरीले वैशाख ५ गते आफ्नै श्रीमतीलाई जिउँदै जलाउने धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र आगो लगाउन उक्साउने २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई प्रहरीले बिहीबार सार्वजनिक गरेका छन् ।

गत वैशाख ५ गते राति खाना बनाउँदै गरेकी निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मुकेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार समेलन गरि जानकारी दिएको छ ।

भाउजु श्यामादेवी र देवर मुकेश बीच लामो समयदेखि अवैध यौन सम्बन्ध रहँदै आएको प्रहरीसमक्ष मुकेशले वयान दिएका छन् । भाउजुसँग कै अवैध यौन सम्बन्धले उनको परिवारमा पटक–पटक विवाद हुँदै आएको थियो । घट्ना हुने दिन पनि झगडा भएको थियो ।

निर्मलाको उपचारका क्रममा बैशाख १६ गते काठमाडौंमा मृत्यु भएको थियो । पक्राउ परेका देबर र भाउजु दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने प्रहरीले जनाएको छ ।