ताजा समाचार

वैशाख २७ गते २०७६

के बोलेका थिए प्रधानमन्त्री र सांसदहरुले संसदमा ? जुन शब्द संसदको अभिलेखबाट हटाइयो

सभामुद कृष्ण बहादुर महराले संसदमा प्रधानमन्त्रि र सांसदहरुले संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।

गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरमा दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन शुक्रबारको संसद बैठकमा सभामुखले सचिवालयलाई दिर्नेशन दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छु’ भनेका थिए। सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि शुक्रबारको बैठक सुचारु भएको थियो ।

आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७६/२०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकमाथि छलफल गर्न प्रस्ताव पेश गरेका छन् ।

संसदको अर्को बैठक अब बैशाख २९ गते बिहान ११ बजे बस्ने गरि सकिएको छ ।