ताजा समाचार

वैशाख २७ गते २०७६

युरोपा लिग उपाधिका लागि चेल्सी र आर्सनल आम्नेसाम्ने हुने

युरोपा लिग फुटबलको उपाधिका लागि फाइनलमा चेल्सी र आर्सलन आम्नेसाम्ने हुने भएका छन् ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले फ्रान्कफर्टलाई र आर्सनलले भ्यालेन्सिया क्लबलाई पराजित गर्दै युरोपा लिगको फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनल प्रवेशको दौरानमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

बिहीबार राति भएको दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको थियो । चेल्सीले खेलको २८औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए ।