ताजा समाचार

वैशाख २७ गते २०७६

विदेशी धुलोले स्वदेशीे आकाश फाहोर

नेपालमा अहिले बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन ।

हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानी लगाएत देशैभरीको आकाश सफा छैन ।

अधिकांश आकाश अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिएको छ । ‘सडकमा धूलो नउडे पनि अनुहार र नाक र कपाडामा धूलो पर्ने गरेको बाटो हिड्ने बटुवाहरुले गुनासो गर्ने गरेका छन् ।

भारतको राजस्थानबाट आएको हुरीको परिणामले राजधानी लगाएत देशै भरिको आकाश र मौसम धूलोले भरिएको मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।

उनका अनुसार थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेकोले ‘चर्किँदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गरेको छ । त्यसैको प्रभाव नेपालमा देखिएको मौषमविदहरुले जानकारी दिएका छन् ।