ताजा समाचार

वैशाख २६ गते २०७६

फोरमसँग मिल्नु बाध्यता हो

नवगठित समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन्।

पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूको बिहिबार ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले यस्तो धारणा राखेका हुन्।

वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको डा भट्टराइले प्रतिक्रिया दिएका छन् ।

तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन्। असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।