ताजा समाचार

वैशाख २५ गते २०७६

तानाशाह होइन्, सज्जन नेता चाहिएको छ

‘छाडेर काम सारा, एक काम रोजी रहेछु, यो देसमा म एउटा मानिस खोजिरहेछु’ -डा बिस्व नाथ बराल को सब्द र शिशिर योगीको स्वर भएको लोकप्रिय गित ।

कहिले काही त सारै निरिह महसुस हुन्छ

नेपालमा भ्रस्टचारी, ठग, गुण्डा लगायत अपराधि हरुको साहस अत्यन्त धेरै छ । ठिक बिपरित भएका थोरै इमान्दार हरु प्रताडित छन्, बहिस्कृत छन् । बाच्न का लागि मौन बस्न वा बिदेसिन बाध्य छन् । प्रेम संजेल र कुलमान घिसिङ्ग लगायतका इमान्दार राष्ट्र सेवक हरु ले खेप्नु परेको बाधा – अड्चन प्रतिनिधि घटना हुन् । पैसा र पहुचका आडमा करपोरेट मिडिया पनि इमान्दार बिरुद्ध पटक पटक प्रयोग भएका छन् । कहिले काही यस्तो लाग्छ , रबि लामिछानेको सिधा कुरा जनता संग टिम लगायत अन्य इमान्दार मिडियाहरुले भ्रस्ट हरु लाइ रंगेहात टिभिमा देखाइदिएर उनि हरुको नै प्रचार गरीदिदै छन् सित्तैमा । प्रमाणित भ्रस्ट हरु टिभिमा ‘नेपाल मा यस्तै हो । प्रमाण देखाएर पनि केहि नापिदैन । मैले मात्रै खाने होइन, सबै ले खाने गर्छन ।

मलाइ कसले कारबाही गर्न सक्छ ? ‘ भन्दै कुर्लिञ्छन र उल्टै धम्कि दिन्छन । कुनै पनि कारबाही नहुने कुरामा भ्रस्टहरुको मनोबल उच्च छ किनकि प्रहरी, राजनीतिज्ञ देखि न्यायालय सम्म सबै मिलेमतो छ । अलिक सिधा र कमजोर लाइ त उनि हरुले पालेका गुण्डा प्रयोग गरेर नै तह ( धम्कि दिने, कुट्ने, मार्ने सम्म गर्छन ) लगाउछन । भ्रस्टहरुलाइ पाप धर्मको पनि मतलब छैन । सामाजिक बहिस्कार होला – समाजले ‘छि छि दुर दुर’ गर्ला भन्ने पनि छैन किनकि पैसा भएपछी अपबाद बाहेक सबै चुप बस्छन वा उक्त पैसामा उल्टै डुबुल्कि मार्न तिर लाग्छन । यीनैको फुल माला र अबिर लगाएर सडक परिक्रमा गरिन्छ ।

अधिकांस नेपालि जनता भ्रस्टाचार, बेथिति, अपराध धेरै देखेर अनि भोगेर यति अभ्यस्त भैसके कि उनि हरु लाइ ‘संसार यस्तै हो – सबै देशमा यस्तै लुटतन्त्र छ’ भन्ने लाग्न थालि सकेको छ । जब सम्म सरकारको नेतृत्व गर्ने हरु भ्रस्ट, बेइमान, नैतिकहिन हुन्छन तब सम्म भ्रस्ट हरु लाइ रंगेहात टिभीमा जति देखाए पनि केहि नहुने रहेछ । कर्मचारी तब सम्म मात्रै भ्रस्ट रहन्छन जब सम्म सरकारको नेतृत्व गर्ने राजनीतिज्ञ हरु भ्रस्ट हुन्छन । अहिले सत्तारुड दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस दुवै भ्रस्ट छन् । यहि कारण मिलेर राष्ट्रको दोहन गरेको छन् । तै चुप मै चुप गरेर ठुला ठुला भ्रस्टाचार काण्ड हरु पनि चोख्याइदै छ । साथै, सरकारको नेतृत्व गर्ने राजनीतिज्ञ हरु तब सम्म भ्रस्ट हुन्छन जब सम्म जनता लाइ सचेत बनाउनु पर्ने मिडिया, शिक्षक, लेखक, कलाकार लगायत बौद्धिक जगत भ्रस्ट (पद र पैसामा इमान बेच्ने ) हुन्छन ।

‘छाडेर काम सारा, एक काम रोजी रहेछु, यो देसमा म एउटा मानिस खोजिरहेछु’ भन्ने गितको बोल जस्तै चाहिएको केवल एक जना इमान्दार र योग्य राजनीतिज्ञ मात्रै हो जसको नेतृत्वमा सारा देस र जनताको हित गर्न सकियोस । जनता सचेत बनाउन लाग्नुको बिकल्प छैन । म नेपालमा कुनै नरम तानासाही वा क्रुर तानासाही को सम्भावाना र आवस्यकता पनि देख्दिन । जनता सचेत बनाउनु पर्ने हरु ले आफ्नो काम इमान्दारिताका साथ् पुरा गर्ने हो भने, नेपालि जनता धेरै मुर्ख छैनन् र उनि हरुले चुनाब बाट नै इमान्दार नेतृत्वलाइ सत्तामा पुर्याउने छन् । भ्रस्ट हरु को सबै कालो धन रास्ट्रीयकारण गर्न अनि सत्तामा रहेका भ्रस्ट र गफाडी हरु लाइ दण्डित गर्न का लागि नेपालि जनता अब सचेत हुनै पर्छ ।