ताजा समाचार

वैशाख २५ गते २०७६

प्रेस युनियन कास्कीको क्यालेण्डर विमोचन

नेपाल प्रेस युनियन कास्कीले नव वर्ष २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो ।

भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व सञ्चार मन्त्री पूर्णबहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण मुलुक तहस–नहस भैरहेको उल्लेख गरे ।

उनले ओली सरकार प्रेस माथि ज्यादति र अभिव्यक्ति स्वतन्त्रताको हनन गर्न उन्मुख रहेको बताए । सरकारले प्रेसलाइ संविधानले प्रत्याभूति गरेको अधिकारबाट कुण्ठित गरेको बताउँदै काँग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेर जनताको हक अधिकार सुनिश्चित गर्न सशक्त रुपमा लाग्ने स्पष्ट पारे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रमा मात्र प्रेस सुरक्षित हुने भन्दै यसको रक्षका लागि नेपाली कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाशचन्द्र सापकोटा, सचिव प्रदिप पौडेल र सदस्य सन्तोष सुवेदीले बोलेका थिए ।