ताजा समाचार

वैशाख २५ गते २०७६

यसरी पुग्यो मुम्बई फाइनलमा

मुम्बई इन्डियन्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगसलाई ६ विकेटले पराजित गर्दै मुम्बईले फाइनलमा ठाउँ पक्का गरेको हो । 

खेलमा १३२ रनको सामान्य विजयी लक्ष्य मुम्बईले ४ विकेटको नोक्सानीमा १८.३ ओभरमै पूरा गरेको हो । 

सूर्यकुमार यादवले ५४ बलमा नटआउट ७१ रन बनाएसंगै मुम्बईले सहज जित पाएको हो । 

कमजोर खेलेको चेन्नाईका लािग इमरान ताहिरले २ विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ४ विकेटको नोक्सानीमा १३१ रन बनाएको थियो । 

कमजोर खेलेको चेन्नाईले ६५ रन बनाउँदा ४ विकेट गुमाएको थियो । पाँचौं विकेटका लागि नटआउट ६६ रनको साझेदारी गर्ने क्रममा अम्बाटी रायुडुले नटआउट ४२ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ बलमा नटआउट ३७ रन बनाएका थिए । तर उच्च योगफल बन्न सकेन । 

राहुल चहरले २ विकेट लिएका थिए । 

यो जितपछि मुम्बई फाइनलमा पुग्दा चेन्नाईले फाइनलका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलका विजेता (दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको) संग खेल्नेछ । 

दिल्ली र हैदरावादको खेल बुधबार राति ८ः१५ बजे हुनेछ ।