ताजा समाचार

वैशाख २४ गते २०७६

जुपिटर ओभरसिज पोखराले फिर्ता गर्यो ठगेको पैसा

जुपिटर ओभरसिज कन्सर्न प्रालिको पोखरा शाखाले ठगी गरेको पैसा फिर्ता गरेको छ । जुपिटरको पोखरा नागढुंगामा रहेको शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत नवराज बराल र सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र ९सूचना केन्द्र० की परामर्शकर्ता जुना केसीको रोहबरमा रकम फिर्ता गरेको हो ।

पोखरा २५ का बिनिता बजगाई बराल, रितु मगर र धनकुमारी खरेलले न्युजिल्यान्ड जान जुपिटरमा १ लाख २२ हजार ५ सय बुझाएका थिए । जुपिटरका प्रतिनिधि वीरेन्द्र श्रेष्ठले कागजपत्र बनाउन करिब ४० हजार खर्च भएको दाबी गर्दै बाँकी ८७ हजार ३ सय फिर्ता गरेका हुन् । वीरन्द्रले कागजात १ महिनाभित्र फिर्ता गर्ने समझदारी पनि गरेका छन् ।

रकम फिर्ता पाएपछि पीडित युवती जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत नवराज बराल र सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र ९सूचना केन्द्र० की परामर्शकर्ता जुना केसीसँग ।

न्युजील्यान्डमा कृषि फार्ममा काम लगाइदिने आश्वासन देखाई वीरेन्द्रले यो रकम गत भदौमा लिएका थिए । वीरेन्द्र जुपिटरको पोखरा शाखा सञ्चालक सुमन श्रेष्ठका छोरा हुन् । २०७६ वैशाखसम्म पनि विदेश पठाउने अत्तोपत्तो नभएपछि ३ युवतीले बारम्बार अनुरोध गरे ।

‘हामीले न्यूजिल्याण्ड जाने सपनासहित रकम त बुझायौ तर मेनपावर प्रतिनिधिले बारम्बार विभिन्न बाहानामा झुलाए । मेनपावर प्रतिनिधि हाम्रो पैसा फिर्ता दिनुको साटो अनेक बाहानावाजी गरिरहेका थिए,’ ठगिएकी रीतुले भनिन् ।

अनुरोध गर्दा गर्दै पनि काम नभएपछि उनीहरु वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगे । कास्की प्रहरीको सुझावमा उनीहरु प्रमाणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा रहेको सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्रमा आइपुगे ।

जुपिटरका प्रतिनिधि वीरेन्द्र श्रेष्ठले कागजपत्र बनाउन करिब ४० हजार खर्च भएको दाबी गर्दै बाँकी ८७ हजार ३ सय फिर्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा दुवै पक्षलाई राखी छलफल गराइयो । मेनपावरका प्रतिनिधि वीरेन्द्रले पैसा लिएको तर बिदेश नपठाएको स्वीकारे । १५ दिनमा पैसा फिर्ता गर्ने सहमति गरेका उनले पैसा फिर्ता त गरेनन् नै, प्रशासनकै सम्पर्कमा पनि आएनन् ।

बैसाख २२ गते जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई वीरेन्द्रलाई
खोजी गर्नका लागि पत्रचार ग¥यो । प्रहरीले वीरेन्द्र र उनका बुबा सुमनलाई पक्राउ गरी २४ घन्टाभित्र रकम फिर्ता गर्ने शर्तमा छाडिदिएको थियो ।

पीडित युवतीहरुले पैसा फिर्ता पाउने आशा नै मारिसकेका थिए । पीडित वीनिता भन्छिन्, ‘हामीले ठूलो सास्ती भोग्यौ, थोरै भए पनि पैसा फिर्ता पायौं । यसरी ठगिनुभएका दाजुभाई दिदीबहिनीलाई पनि कानुनी उपचार खोज्न आग्रह गर्छु ।’ सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र ९सूचना केन्द्र० की परामर्शकर्ता जुना केसी वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर, सही सूचना लिएरमात्र जान आग्रह गर्छिन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।