वैशाख २४ गते २०७६

ताजा समाचार

वैशाख २४ गते २०७६

बाबुरामले लिए उपेन्द्रबाट सपथ



समाजवादी पार्टी नेपालको सदस्यका रूपमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथ ग्रहण गरेका छन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो (सोमबार) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो । नवघोषित पार्टीको आज बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४३० सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

उपेन्द्र पार्टी अध्यक्ष हुन् भने बाबुराम संघीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । उपेन्द्रले कार्यकारी अध्यक्षका हैसियतमा बाबुरामसहित अर्का वरिष्ठ नेता अशोक राईसहित सबै केन्द्रीय नेतालाई शपथ गराए ।

बैठकमा केन्द्रीय समितिका वयोबृद्ध नेता प्रेमकृष्ण पाठक (८० वर्ष) ले उपेन्द्रलाई पहिला शपथग्रहण गराए । लगत्तै यादवले पाठकसहित सबै नेतालाई शपथग्रहण गराएका हुन् ।