ताजा समाचार

वैशाख २४ गते २०७६

पोखरालाई नुवाकोटमा मेयर कप उपाधि

नुवाकोटको विदुर नगरपालिकामा आयोजित मेयर कप फुटबल प्रतियोगिताको उपाधी पोखरा महानगरपालिकाले जितेको छ ।

आयोजक विदुर नगरपालिकालाई पोखराले फाइनल खेलमा २–० गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो नाममा लेखाएको हो । पोखराको जितमा बिमल राना र बिदेश आलेले एक–एक गोल गरेका थिए । उपाधि उचालेको पोखराले नगद ३ लाख राशीको पुरस्कारसहित शिल्ड,पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा ‘राईजिङ प्लेयर’ बाट पोखराकै टीका गुरुङलाई नगद १० हजार प्राप्त गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जनकारी दिए ।

kheladinews.com