ताजा समाचार

वैशाख २४ गते २०७६

एनसेलको लगानीकर्ता एक्जियटा मलेसियाका लेखा प्रमुख काठमाडौंमा पक्राउ

नेपालको मोवाइल सेवा कम्पनी एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखाप्रमुख रुविन दास सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 बाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ । उनको साथबाट बरामद भएको JM34126744D नम्बरको कपी लेखिएको नक्कली जस्तो देखिने १ सय दरको अमेरिकी डलर १ थानसहित गौशाला बृत्तमा पठाइएको विमानस्थल प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।