भारतमा नेपाली फुटबल क्विन सावित्राको हंगामा, डेब्यू गरेको पहिलो मिनेटमै गोल


नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिगमा हंगामा मच्चाएकी छिन् ।

गुरु नायक स्टेडियम लुधियानामा जारी खेलमा सेथु फुटबल क्लबबाट डेब्यू खेलको पहिलो मिनेटमा नै गोल गर्दै सावित्राले हंगामा मच्चाएकी हुन्। यस्तै पुन: सावित्राले १५ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारेकी छिन्।

सेथुले अहिले पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ। कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो। उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो। सेथुले यो खेलमा नेपाली खेलाडीद्वय सावित्रामा मात्र मैदानमा उतारेको छ भने अनितालाई भने बेञ्चमै राखेको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं