ताजा समाचार

वैशाख २३ गते २०७६

ललिता निवासको जग्गा प्रकरणमा दोषी ठहरिए कारबाही भोग्न तयार छु

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका छन्।

सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै नेकपा सांसद समेत रहेका पौडेलले सजाय भोग्न तयार रहेको बताएका हुन्।

पौडेलले संसदमा बोल्दै गैरकानुनीरुपमा कब्जा गरिएका जग्गा फिर्ता हुनुपर्ने कुरा पनि व्यक्त गरे ।ललिता निवासको सरकारी जग्गा कब्जामा संलग्न दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।