ताजा समाचार

वैशाख २३ गते २०७६

तराई मधेसबासीले नागरिकता लिदा भारतिय नागरिक लाईनमा भन्दै प्रचार किन ?

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले तराई मधेसबासीले नागरिकता लिदा भारतिय नागरिक भनेर विभेद गरेकोमा दुख ब्यक्त गरेका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको भन्दै प्रचार गरिएकोमा गुनासो गरेका हुन् ।

यदि भारतीयहरु नेपाली नागरिकता लिने लाइनमा छन् भने दिने सरकारी अधिकारी के हेरेर बसेका छन् भनेर उनले प्रश्न गरे । तराई मधेसमा जन्मिएकै कारण आफूले नेपाली भन्ने सौभाग्य पनि नपाएको दुखेसो पोखेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोप लगाए । संघीयता र गणतन्त्रको अनुभूति जनताले अझै पनि गर्न नपाएको ठाकुरको विश्लेषण छ । नीति तथा कार्यक्रममा संविधान सर्वस्वीकार्य छ भन्नु घाउमा नुन छर्ने जस्तै भएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा नयाँ पन केही नभएको बताए ।