ताजा समाचार

वैशाख २३ गते २०७६

गाछेपानीमा इन्धन भण्डार, भरतपोखरीमा प्रदेश औद्योगिक ग्राम

गण्डकी प्रदेश सरकारले तनहुँको गाछेपानीमा ९० हजार किलोलिटर क्षमताको ईन्धन भण्डारण केन्द्र र पोखरा ३३ भरतपोखरीमा प्रदेश औद्योगिक ग्राम बनाउने भएको छ ।

नाकाबन्दीताका आफ्नै लगानीमा ईन्धन भण्डारण केन्द्र बनाइदिने चिनिको प्रतिवद्धताको ३ वर्षपछि गण्डकीमा जग्गाको खोजी भएको हो । आबुखैरेनी वडा न २ को मार्किचोकको ४ सय रोपनीमा भण्डारण केन्द्र बनाउने प्रस्ताव छ । त्यहाँ ६० रोपनी सार्वजनिक जग्गा भए पनि बाँकी व्यक्तिको जग्गा छ । कम्तीमा ३ महिनालाई पुग्ने इन्धन भण्डार बनाउने प्रदेशको तयारी छ ।

भरतपोखरीमा प्रदेश औद्योगिक ग्राम स्थापना गर्न ३२ सय रोपनी जग्गा उपलब्ध गराइदिन पनि गण्डकी सरकारले संघसँग आग्रह गर्ने भएको छ । फेवाताल संरक्षणका लागि पोखरा महानगरसँग मिलेर काम गर्ने र आधा आधा बजेट लगाउने प्रदेशको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।