ताजा समाचार

वैशाख २० गते २०७६

सिर्जनात्मक सोच अर्थात् सृष्टि रेग्मी (भिडियो रिपोर्ट)

सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर हुन् । उनका बुवा साबिक एमालेका तत्कालीन बाजुरा जिल्ला उपसचिव ताराचन्द्र रेग्मीलाई माओवादीले २०६० मा हत्या गरेका थिए । २३ वर्षमै उपमेयर निर्वाचित सृष्टि अहिले बुवाको हत्या गर्ने पार्टीसँगै मिलेर काम गर्नुपर्ने ठाउँमा छिन् । उनी भन्छिन् : त्यो एउटा समयको घटना हो । राज्यले कुनै बेला न्याय पक्कै देला । अहिलेको कार्यभर भनेको समृद्धि, विकास र नागरिक सशक्तीकरण हो ।


Loading...