ताजा समाचार

वैशाख १९ गते २०७६

कर्मचारी सबै सिहंदरबारमा थुपार्दा प्रदेशमा अप्ठ्यारो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी सबै सिहंदरबारमा थुपारेको भन्दै संघिय सरकारको कटाक्ष गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानुनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले प्रदेश कर्मचारीविहीन भएको भन्दै सिहंदरबारमा २० हजार कर्मचारी भए पुग्नेमा ४८ हजार किन भन्दै प्रश्नसमेत गरे।

नयाँ अभ्यास भएकाले सङ्घीय सरकार र प्रदेश सरकारमा अन्तरद्वन्द्व देखिन सक्ने भन्दै यसलाई बेलैमा ध्यान आग्रह गरे । फरक प्रसंगमा उनले न्याय परिषद्‌मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन्।

नयाँ अभ्यास भएकाले सङ्घीय सरकार र प्रदेश सरकारमा अन्तरद्वन्द्व देखिन सक्ने भन्दै यसलाई बेलैमा ध्यान आग्रह गरे । फरक प्रसंगमा उनले न्याय परिषद्‌मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन्।उनले विषयविज्ञ बाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने धारणा राखे।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार, काम र योजनाको बारेमा छलफल हुननसकेको जिकिर गरे।

मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले ३ तहकै पुनर्संरचना तीन वर्षमा निर्माण भएकाले यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताए। सो कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ७० सरोकारवाला व्यक्तिको सहभागिता रहेको छ।