ताजा समाचार

वैशाख १९ गते २०७६

कम्युनिस्टविरुद्ध कांग्रेसमा एकता छ: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिस्टहरू विरुद्ध कांग्रेसमा एकता रहेको जिकिर गरेका छन् ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाउदै निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि टिप्पणी गरे ।कोइरालाले पार्टीभित्र केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनि बताए ।

प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको बताए ।उनले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्नेमा पनि उनले जोड दिए ।