ताजा समाचार

वैशाख १९ गते २०७६

उज्यालो हुनुपर्ने समय झनै अँध्यारो, शक्तिशाली चक्रवात ‘फानी’ को सम्भावना

- सतर्क रहन आग्रह

आज पनि पोखरासहित देशभरको मौषममा निकै परिवर्तन भएको छ । बिहानदेखि उज्यालो हुनुको साटो झन् झन् अँध्यारो हुँदै गएको छ ।

बुधबार साँझ पोखरासहित देशका केही जिल्लामा हावावाहुरीसहित वर्षा भएको थियो ।
एक्कासी आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएकाले यस्तो अवस्था आएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित शक्तिशाली चक्रवात ‘फानी’ को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्ले प्रक्षेपण गरेका छन् ।
महाशाखाका अनुसार शुक्रबार नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर लाग्ने देखिन्छ । ‘शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने देखिन्छ ।’ महाशाखाले सतर्क रहन आग्रहसमेत गरेको छ ।