ताजा समाचार

वैशाख १८ गते २०७६

अन्तिम छलफलमा ओली-प्रचण्ड

सरकारको निती तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र आफूबीच नीति तथा कार्यक्रमबारे निर्णायक छलफल हुने जानकारी दिएका हुन। नीति तथा कार्यक्रम २० गते शुक्रबार राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।