श्रमिकको अधिकार र सुरक्षाका लागि सरकार सचेत छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेको बताएका छन् ।

१३० औं विश्व मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने पनि उल्लेख गरेका छन् ।

सरकारले श्रमजीविको पक्षमा गरेका कार्यहरु बारे बताउँदै अध्यक्ष प्रचण्डले श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको पनि बताएका छन् ।