ताजा समाचार

वैशाख १८ गते २०७६

देउवा नै बालुवाटार जग्गामा मुछिएपछि कांग्रेसको विज्ञप्ती यस्तो छ

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति सेरबहादुर देउवा नै बालुवाटारको सरकारी जग्गा काण्डमा मुछिएपछि कांग्रेसले विज्ञप्ति प्रकाशन गरेको छ ।

उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुगेको विषयमा गहिरो छानबिन गरी दोषीलाई दण्डित गर्न माग गर्दै विज्ञप्ति प्रकाशन गरिएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद्मा नै बालुवाटार प्रकरणप्रति कडा अभिव्यक्ति दिएको भन्दै दोषीलाई दण्डित गर्नुपर्ने विषयमा पार्टी प्रस्ट भएको जनाएका छन् ।

बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने दोषीलाई नजोगाउन कांग्रेसले अपिल गरेको छ । विज्ञप्तिमा दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरूप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल समेत गरेको छ ।

यद्यपी बालुवाटार जग्गा प्रकरणमा स्वंय शेरबहादुर देउवा नै मुछिएको खुलेको छ । उनी गृहमन्त्री हुँदा नै उक्त सरकारी जग्गा व्यक्तिको नाममा गएको थियो ।