वृद्धभत्ता बढाउने सरकारको तयारी

सरकारले वृद्धभत्ता वृद्धि गर्ने तयारी गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रममै सामाजिक सुरक्षा भत्ताको विषयलाई विशेष महत्वका साथ हेरिएले आगामी वर्षको बजेटको तयारी गरिरहेको हो ।

यसैबिच आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने खुलासा गरेका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पुर्‍याइने जानकारी दिए।

उनले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राखे ।