उपेन्द्र यादवबाट सरकारबाट बाहिरिदै

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव अव सरकारबाट बाहिरिने सम्भावना रहेको छ ।

सत्तारुढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए लगत्तै मन्त्रि यादव पनि लगत्तै बाहिरिने सम्भावना रहेको हो ।

आफुहरुको माग सम्बोधन गर्ने सहमतीमा दुईतिहाई सरकार बनाउन सघाएको र सरकार बनेको एक वर्ष वित्दासम्म पार्टीले राखेको मागको कुनै सुनुवाई नभएको भन्दै नेता राईले बाहिरिने बताएका हुन् ।

किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा नेता राईले संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिने खुलासा गरे।

उनले प्रधानमन्त्री अरुलाई समान देख्ने अवसर नदिई बयलगाडीको गति जस्तै आफ्नै सुरमा अगाडि बढिरहेको आरोप समेत लगाएका छन् ।