नागरिकता पुरुष जनेन्द्रीयमै किन ?

नेपाली नागरिकता जथाभावी बाडिँदा देशकै अस्तित्व संकटमा पर्न सक्ने औंल्याइएको छ । राजनीतिक परिवर्तन र विभिन्न कालखण्डमा कानुन परिवर्तन गरी जभाभावी नागरिकता बाडिएकोमा सरोकारवालाले आपत्ति जनाएका हुन् ।

आमाको नामबाट नागरिकता दिनु गलत नभए पनि यो प्रावधानमा टेकेर विदेशीलाई नागरिकता दिन नहुनेमा वक्ताहरुले जोड दिए । सचेतना समाज नेपाल र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा वाम वुद्धिजीवी रामराज रेग्मीले नेपालको राष्ट्रियता सुनौली सन्धिपछि पाइलैपिच्छे खतरामा पर्दै आएको विचार राखे ।

‘नेपालमा किन आउनेबित्तिकै नागरिकता दिने ?’ उनले नेपाललाई सबैभन्दा ठूलो खतरा नेपालकै मधेसवादी नेताहरुबाट भएको आरोप लगाए । पराजुलीले भने, ‘उनीहरुको नियतमा खोट छ ।’

उनले भने, ‘१९५१ को असमान सन्धिले हामी पाइला पाइलामा ठगिँदै आएका छौं । नेपाल फिजी र सिक्किम हुनु हुँदैन ।’ आमाको नामबाट नागरिकता दिनुपर्ने विचार राख्दै उनले थपे, ‘नागरिकता पुरुषको जनेन्द्रियमा हुनु हुँदैन । आमाले जन्माउने हो ।’ विदेशीलाई नागरिकता नदिन कडाइ गर्न अरु प्रावधान राख्न सकिने तर्क गर्दै उनले आमाको नामबाट नागरिकता नदिइने अलोकतान्त्रिक भएको उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले नेपाल सरकारले कानुन परिवर्तन गर्दै पान पसलबाटै नागरिकता दिन खोजेको हो भनी प्रश्न गरे । पराजुलीले भारतमा बाहिरबाट विहे गरेर जानेले ७ वर्षपछि नागरिकता पाउने प्रावधान स्मरण गर्दै भने, ‘नेपालमा किन आउनेबित्तिकै नागरिकता दिने ?’ उनले नेपाललाई सबैभन्दा ठूलो खतरा नेपालकै मधेसवादी नेताहरुबाट भएको आरोप लगाए । पराजुलीले भने, ‘उनीहरुको नियतमा खोट छ ।’

राष्ट्रिय जनमोर्चाका गण्डकी अध्यक्ष शंकर बरालले भारतीय विस्तारवादले नेपालमाथि कब्जा जमाउन यसरी नागरिकता बाड्न लागिएको दाबी गरे । उनले नेपालीभन्दा भारतीय बढी बनाएर जनमत संग्रहबाट नेपाललाई नै भारतमा गभ्न सक्ने जोखिम उनले औंल्याए ।

सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरले कुनै देशमा विदेशीको संख्या बाहुल्य भए देश पराधीन हुने बताए । उनले भने, ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ तर यो प्रावधानमा टेकेर विदेशीलाई नागरिकता बाड्दा देश खतरामा पर्छ ।’ देशलाई स्वाधीन र सबल बनाउन राज्य सञ्चालकको ध्या नपुग्दा सचेत नागरिकले खबरदारी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा रामबहादुर पौडेल, सुन्दर गुरुङ, डा. ज्ञानबहादुर कार्की, पद्यशरण रेग्मी, उमनाथ शर्मा, तिलक आचार्य, भूपनिधि पन्त, कल्याण पन्त, विष्णुहरि अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका महासचिव सुनील पाण्डेले गरेका थिए ।