गुल्मीको मुसिकोट नगरपालिका-४ मा रहेको दजाकोट गाउँमा झाडापखलाको महामारी फैलिँदै गएको छ ।
हाल दूषित पानीको कारण झाडापखाला फैलिएको पारम्भिक जानाकारी आए पनि थप कुरा अध्ययनबाट थाहा हुने डाक्टरहरुले बताएका छन् ।
उक्त महामारी नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली पठाउने भएको छ।
महाशाखा प्रमुख डा विजयलाल कर्णका अनुसार झाडापखला फैलिएको जानकारी आएपछि विश्व स्वास्थ्य संगठनको समन्वय र एकजना विज्ञ चिकित्सकसहित टोली त्यता जान लागेको बताए। हाल त्यहाँ औषधि र चिकित्सकको अभाव नभएको जानाकारी आएको र आवश्यक परे केन्द्रबाट औषधिसहित थप चिकित्सकको टोली पठाइनेसमेत डा कर्णले बताए।
मुसिकोट नगरपालिका-४ मा रहेको दजाकोट गाउँमा तीन दिनदेखि झाडापखालाको माहमारी फैलिएको छ। दजाकोटका एक सय दुई घरधुरीमा फैलिएको झाडापखलामा हालसम्म १०९ जना संक्रिमित भएका छन्।






